रिपोर्टर्स क्लबद्वारा सम्मान तथा पुरस्कार प्रदान

काठमाडौं- रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

क्लबद्वारा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेललाई प्रदान गर्नुभयो ।

त्यसैगरी तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवं न्यू विजनेश एज (मासिक) का प्रधानसम्पादक मदन लम्साललाई प्रदान गरिएको छ ।

क्लबले कुलप्रसाद-चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्लेदललाई, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार लक्ष्मी पुनलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

क्लबले स्वर्गीय पत्रकार उमा सिंहको स्मृतिमा स्थापित रु २५ हजार राशिको उमा सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार फूलमाया आलेलाई प्रदान गरेको छ । उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार–२०७९ बाट राजन काफ्ले र उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९ बाट न्यूज एजेन्सी नेपालका सिनियर क्यामेरा पर्सन सुरज प्रधानलाई सम्मानित गरिएको छ ।

त्यसैगरी क्लबले पत्रकार-सञ्चारकर्मी धीरज बस्नेत, जीवन कुँवर, राजु सुवेदी, गोमा परियार, ऋषि थपलिया, मोहराज शर्मा, विप्लव काफ्ले, नवीन गिरी, पर्सन कृष्ण श्रेष्ठ, सुनिलकुमार साहलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

विभिन्न व्यत्तित्व सम्मानित

प्रधानमन्त्री दाहालले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, एलआईसी (नेपाल) लिमिटेडका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कूल आचार्य, रिपोर्टर्स क्लब नेपालका पूर्वउपाध्यक्ष दीपक बोहरा र कान्तिपुरकर्मी रश्मिला प्रजापतिलाई सम्मान गर्नुभयो ।

त्यसैगरी क्लबले रिलायवल ग्रुप अफ कम्पनिजका सञ्चालक अशोक साह, मिडिया व्यवसायी हरिशरण सुवेदी, पत्रकार एवं शिक्षासेवी रामहरि सिलवाल, हेराल्ड इन्टरनेशनल कलेजका निर्देशक अशोक पाण्डे, मिडिया व्यवसायी रेशमप्रसाद बगाले, मिडिया व्यवसायी प्रमोद सुवेदी, एपहरू प्रा.लि का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत टुरुप सङ्ग्रौला र समाजसेवी सरिता विक (सरु) लाई सम्मान गरेको छ ।

युवा व्यवसायी इन्जिनियर अनिल धमला, समाजसेवी उर्मिला (निता) रावल, समाजसेवी एवं व्यवसायी पद्मराज भट्ट, समाजसेवी शोषित (अकेला) बानिया, रिपोर्टर्स क्लबका प्रतिनिधिहरू अरुण कार्की र विमल थापालाई पनि क्लबले सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.