देवघाटधाममा विभिन्न स्रष्टा सम्मानित

संस्कृत भाषा र संस्कृतिको संरक्षणमा समर्पित विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको छ । तनहूँको देवघाटधामस्थित महेश संस्कृत गुरुकुलमको ३०औं वार्षिकोत्सव समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

५० हजार राशीको वेदनिधि पुरस्कार श्री १००८ स्वामी कृष्णानन्द सरस्वतीलाई प्रदान गरिएको हो । गुरुकुल कूलाचार्य सम्मान तथा राजर्षि जनक स्मृति पुरस्कार डाक्टर गुरुप्रसाद सुवेदीलाई प्रदान गरिएको हो ।

यस्तै ५० हजार रुपैयाँको विद्यावारिधि शोधवृत्ति पुरस्कार फणीन्द्र पौडेल, रोहिणीराज तिमल्सिना र निराजन पन्तलाई प्रदान गरिएको छ ।

समारोहमा महेश सन्यास आश्रमका पीठाधीश स्वामी श्री १००८ रमणानन्द गिरि, नेपाल सरकारका पूर्व सचिव शरदकुमार भट्टराई लगायतले पूर्वीय दर्शन र नेपाली सभ्यताका विविध पक्षहरु बारे प्रवचन दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.