स्याङ्जामा कतारकी राजकुमारीको प्याराग्लाईडिङ तालिम

स्याङ्जा- बैदेशिक रोजगारीका लागि नेपाली कामदारले रुचाएको र हजारौँ नेपालीहरुले रोजगारको थलो बनाएको देश हो कतार । कतारमा नेपालीहरु गए पनी कतारीहरु नेपाल आउँदा त्यत्ती चर्चा हुँदैन । तर, पछिल्लो समय निकै चर्चाको विषय बनेको छ, कतारकी राजकुमारी आस्मा अल्थानीको नेपाल यात्रा ।

पर्वतारोहणमा रुची भएकी अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर स्याङ्जा आईन । उनले हिमाल आरोहण मात्र गरिनन् स्याङ्जाको आकाशमा प्याराग्लाइडिङ तालिम समेत सम्पन्न गर्दै सफल उडान गरेकी छन् ।

स्याङ्जाको भिरकोट ५- स्वरेक मैदानमा बाबु एड्भेन्चरले संचालन गरेको बाबु एडभेन्चर इन्टरनेशनल प्याराग्लाइडिङ स्कुलमा पाँच दिने आधारभूत तालिम लिएको स्कुलका संचालक सानोबाबु सुनुवारले बताए ।

नेपालको भूमी सांस्कृतिक हिसाबले मात्र नभई सहासिक खेलको लागी पनी निकै आनन्ददायी भएको अल्थानीले नेपाल टेलिभिजनलाई बताईन् । आठ हजार मिटर अग्लो विश्वका १४ हिमाल आरोहण गरेका निर्मल पूर्जाले राज्यले ध्यान पुर्‍याउन सके नेपालमा सहासिक खेलको निकै सम्भावना रहेको बताए ।

स्याङ्जामा देश बिदेशका उच्च घरानादेखी सहासिक खेलमा रुची राख्ने पर्यटकको आकर्षण बढ्दो छ । तर, प्याराग्लाईडिङ स्कुल सम्म पुग्ने सडकको स्त्तरोन्नती हुन नसक्दा यहाँ आउने पर्यटक निराश बन्ने गरेका छन् । निजी क्षेत्रबाट पर्यटन प्रबर्द्धनमा गरिएको प्रयासलाई राज्यले पनी माथि उकास्नुपर्ने पर्यटन व्यवसायीको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.