बलेरो दुर्घटनामा एक जनाको मृत्यु, एक विदेशीसहित सात जना घाइते

रामेछाप- रामेछापको खाँडादेवी गाउँ पालिका वडा नं १ राकाथुममा भएको बलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बलेरो चालक खाँडादेवी गाउँपालिका-७ का कालुमान तामाङ्ग रहेका छन् । राकाथुमको तालदुमबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा १६ च ३२२५ नम्बरको बलेरोमा सवार अन्य सात जना यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घाइते हुनेमा एकजना जापानिज नागरिक भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु सबैको दुर्घटनास्थलबाट उद्धार गरेर थप उपचारका लागि धुलिखेल अस्पताल पठाएइको छ । दुर्घटनामा घाइते भएका जापानी नागरीक सातो काभुजी सहित अन्य छ जना नेपालीहरुको अबस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ । बलेरो सडकबाट तल खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.