सामुदायिक विद्यालयलाई अग्नि नियन्त्रण ‘फायर ईक्सटिईगुईसर’ हस्तान्तरण

चितवन- चितवनको भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई अग्नि नियन्त्रण सामग्री (फायर ईक्सटिईगुईसर) हस्तान्तरण गरेको छ ।

आगलागीबाट हुने विपद्को क्षति न्यूनिकरणसगैँ सुरक्षित विद्यालय अवधारणलाई साकार बनाउन १ सय १३ वटा विद्यालयलाई अग्नि नियन्त्रण सामग्री (फायर ईक्सटिईगुईसर) हस्तान्तरण गरेको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिनुभयो ।

प्रति विद्यालय एक वटा फायर ईक्सटिईगुईसर मेयर रेनु दाहालसहित महानगर नगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र महानगरका शैक्षिक प्रशासन प्रमुख महेन्द्र पौडलले संयुक्त रुपमा विद्यालयका प्रचार्यहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

आगलागी विपद्का बेला खरिद गर्दासमेत आवश्यक सामग्री नपाउने अवस्थामा महानगरले आगो नियन्त्रण सामग्री उपलब्ध गराउनु सराह्रनीय कार्य भएको विद्यालयका प्रचार्यहरुले बताउनुभयो ।

फायर ईक्सटिईगुईसर आगो निभाउन प्रयोग गरिने पाउडर र ग्याससहितको उपकरण हो । आगो लागेको ठाउँमा यसको प्रयोग गरेर सजिलै निभाउन सकिन्छ । विद्यालयमा भएको आगलागीमा यसको प्रयोग भए महानगरले भाँडोलाई भरिदिने महानगरका शैक्षिक प्रशासन प्रमुख महेन्द्र पौडलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.