तनहुँ-१ मा कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता

तनहुँ- आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नं १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उहाँको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरीता गुरुङ रहनुभएको छ ।

यसअघि नेकपा (एमाले)का सर्वेन्द्र खनाल, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसक्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.