चितवन-२ उपनिर्वाचन : दलहरुबाट १२ र स्वतन्त्र १२ जनाको उम्मेदवारी

चितवन- चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि आज मनोनयन पत्र दर्ता भएको छ ।

मसिर ४ गते भएको निर्वाचन बाट बिजयी हुनभएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवनको क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो ।

मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि ५ बजेसम्म भएको थियो ।

चितवन क्षेत्र नम्बर २ उपनिर्वाचनको लागि नेपाली काँग्रेसबाट जीतनारायण श्रेष्ठ नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टी बाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यहाँ नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएत १२ दल र १२ वटा स्वतन्त्र उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाताहरु रहेका छन् ।

उम्मेदवारी दर्ताका लागि बिभिन्न दलहरु पार्टीको झण्डा र चुनाब चिन्हसहित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेका थिए ।

उम्मेदवारी दर्ता पछि उम्मेदवारहरुले जनताको चाहाना अनुसार आफुहरुले काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.