भेरी करिडोरमा एकै पटक तीन वटा पक्की पुल बन्दै

डोल्पा- जाजरकोट-डोल्पा सडकखण्डमा एकैपटक तीनवटा पक्की पुल बन्ने भएका छन् ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाको ३६ करोड २४ लाख ८६ हजार सात सय लागतमा तीनवटा पक्की पुल बन्ने भएकाहुन् ।

सडकखण्ड अन्तर्गत पर्ने जाजरकोट जिल्लाको नलगार्ड नगरपालिकामा पर्ने तल्नुबगर भेरी नदीमा,डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने छलगार्ड खोला र सोही नगरपालिकामा पर्ने खदाङ्ग हरियापानी भेरी नदीमा पुल बन्न लागेको क्षेत्रीय पुल महाशाखा सुर्खेतका प्रमुख अभिमानदास मुल्मीले जानकारी दिए ।

टेण्डर भएर पनि वाइ.पी एम.आर जेभीले निर्माणको जिम्मा पाइसकेकाले छ महिना भित्र निर्माणको काम सुरु हुने उनको भनाइ छ ।
पुल महाशाखा र निर्माण कम्पनी बिच २०७९ साल १० महिना २६ गते सम्झौतासमेत भइसकेकाले ४२ महिना भित्र तीनवटै पुल निर्माणको काम सक्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

यता कार्ड कन्सल्टेन्ट आएर सर्भे बबरमहलका सिनियर सर्भेएर चिरञ्जिबी आचार्यका अनुसार पुल बन्ने तीन स्थानको डिटेल सर्भे,माटो परीक्षण लगायतका काम सम्पन्न भइसकेकाले छ महिना भित्र महाशाखलाई रिपोर्ट दिने बताए ।

उनका अनुसार तल्नुबगरमा एक सय मीटर लामो,खदाङ्गमा असी मीटर लामो र छलगार्डमा चालीस मीटर लामो पक्की पुल बन्ने छन् ।
तत्कालकालागि नेपालगञ्ज,सुर्खेतबाट आउने सवारीसाधन सिधा वारपार गराउनकालागि तल्नुबगरमा बेलिब्रिज बन्दै छ भने खदाङ्ग हरियापानीमा बेलिब्रिज सञ्चालनमा आइसकेको छ ।

त्यसैगरी छलगार्ड खोलमा पनि बेलिब्रिज पुल नहुँदा हिँउमा खोला घटेको समयमा सवारीसाधन वारपार सहजै भएपनि बर्षातको समयमा खोला बडेर खोला वारीनै सवारीसाधन रोकिने गर्दछन् ।

यस बाहेक भेरी करीडोर अन्तर्गत पर्ने चौखा, गोतामकोट, करोपगार्ड, चुँगार्ड लगायतका दर्जन धेरै ठाउँमा पक्की पुल बनाउन बाँकी रहेको छ भने केही स्थानमा बेलिब्रिज मार्फत सवारी आवागमन गराइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.