पदम लिम्बुलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले प्रदेश नम्बर १ को नाम कोशी राखिएको विरोधको आन्दोलनमा मृत्यु भएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यलय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला लिम्बुको निधन भएपछि सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सन्चार तथा सुचनामन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले लिम्बुलाई शहीद घोषणा गर्न माग गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.