प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

कैलाली- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुग्नुभएको हो । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल बुद्ध एयरको नियमित उडानबाट धनगढी विमानस्थलहुँदै महेन्द्रनगरतर्फ लाग्नुभएको छ ।

माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गर्नुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.