बनेपामा डुबान समस्या समाधनका लागि खोला फराकिलो र गहिरो बनाउने काम शुरु

काभ्रे– केही समय बर्षा हुने वित्तिकै बनेपाको पुलबजार लगायतका क्षेत्र डुबान हुने समस्या समाधनको लागि पुण्यमाता खोलामा फराकिलो र गहिरो बनाउने काम शुरु भएको छ ।

बर्षाको कारण पुलबजार चादनीचोक, तरकारी बजार लगायत अरनिको राजमार्गमा पर्ने विभिन्न भाग र पुण्यमाता कोरिडोरका विभिन्न भूभाग डुबानमा पर्ने गरेको छ ।

खोला अतिक्रमण गरी बनेका घर, बढ्दो शहरीकरण, बर्षौ सफा नगरिएका कारण अवरुद्ध ढल निकास, खोलामा फालिने फोहोर र आसपासका क्षेत्रमा गरिएका प्लटिङका कारण बगाएको माटोले खोलाको सतह बढ्दा डुबानको समस्या देखिएको हो ।

बर्षामा डुबानका कारण नगरका जनताले समस्या भोग्नु परेको भन्दै बनेपा नगरपालिकाले डुबान समस्या समाधान गर्ने गरी अघि बढेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तीरत्न शाक्यल जानकारी दिनुभयो ।

पानी पर्ने वित्तिकै बनेपाको पुलबजार, गोदामचोक नजिकको पुल आसपासको क्षेत्र र पुण्यमाता फा“टमा डुबानमा पर्ने गरेको छ । नगरपालिकाले खोला किनारको १५ मिटर आसपास कुनै संरचना नबनाउन निर्देशन भएपनि यसको पालना भएको छैन । खोला छेउमा व्यवसाय गर्नेले अतिक्रमण गर्दा खोला सा“घुरिदै गएको छ ।

खोला किनाराका प्लटिङ, नीजी घर, उद्योग, कलकारखाना समेतले खोलाको सिमाना मिचेका छन् । खोला अतिक्रमण गरेर बनेका संरचनाका कारण बनेपामा बर्षेनी डुबानको समस्या हुने गरेको छ ।

खोला आसपासको १५ मिटर वरपर नगरपालिकाले नक्सापास नै नगरेपनि बर्षेनी पुण्यमाता र चण्डेश्वरी खोलाको आकार घटिरहेको छ । पहिले न्युनतम ६ देखि ११ मिटर फराकिलो रहेको खोला अहिले २ मिटरमा खुम्चिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.