रास्वपा सांसद श्रेष्ठ पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठको सांसद पदबाट निष्काशन गरेको छ।
पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यसमेत खारेज गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अडियो प्रकरणमा विवादित बनेका श्रेष्ठमाथि पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टीका सभापति रवि लामिछानेले जानकारी दिनुभएको हो ।
अनुशासन समितिको शिफारिसमा केन्द्रीय समितिले आज कारवाही गरेको सभापति लामिछानेले बताउनुभयो ।
अब श्रेष्ठको ठाउँमा रास्वपाले निर्वाचन आयोगमा पहिले पठाएको बन्द सूचीबाट अर्को समानुपातिक सांसद शिफारिस गर्नेछ ।।
प्रतिक्रिया राख्नुहोस्