डोटीको के.आई.सिंह गाउँपालिकाको सबैभन्दा न्यून बेरुजु

डोटी– आर्थिक वर्ष ०७८।०७९ मा के.आई.सिंह गाउँपालिका सबैभन्दा न्यून बेरुजु ल्याउने पालिकाहरूका सूचीको अग्रपंत्तिमा देखिएको छ । महालेखा परीक्षकले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा डोटीका ९ पालिकामध्ये के.आई.सिंह गाउँपालिका पहिलो स्थानमा रहेको छ । गाउँपालिकाको बेरुजु १ दशमलव ३९ प्रतिशत (एक करोड ४० लाख) प्रतिवेदनमा औँल्याइएको छ ।

बेरुजु कम ल्याउने सुदूरपश्चिमका उत्कृष्ट १० पालिकाहरुमध्य के.आइ.सिंह गाउँपालिका ७ औँ स्थानमा रहेको छ । सुदूरपश्चिमका ८८ पालिकामध्ये २ प्रतिशतभन्दा कम बेरुजु ल्याउने १४ पालिका रहेका छन् । जसमध्ये डोटीको के.आइ.सिंह गाउँपालिका र बडीकेदार गाउपालिका रहेका छ्न ।

के.आई.सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बेरुजु कम ल्याउने उत्कृष्ट पालिकाको सूचीमा ल्याइपु¥याउन सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी तथा के.आई.सिंहवासीप्रति धन्यवाद समेत दियका छ्न।

कम बेरुजु रकम ल्याउनेमा बडीकेदार गाउँपालिका दोस्रो स्थानमा छ । १.६२ प्रतिशत बेरुजु देखिएको बडीकेदार गाउँपालिकाको आर्थिक वर्ष ०७८।०७९ मा एक करोड ४२ लाख ८८ हजार रकम बेरुजु देखिएको छ । २.४४ प्रतिशत बेरुजु रकम देखिएको दिपायल सिलगढी नगरपालिकामा ३ करोड ३० लाख ९१ हजार बेरुजु छ ।

डोटीका पालिकाहरुमध्य दिपायल सिलगढी नगरपालिका तेस्रो स्थानमा छ । त्यस्तै सबै भन्दा बढी बेरुजु
जोरायल गाउँपालिकाको ६.९७ प्रतिशत बेरुजु रहेको छ । आदर्श गाउँपालिकाको २.६१, पूर्वी चौकी गाउँपालिकाको २.६३, सायल गाउँपालिकाको ४.५५, बोगटान फुडशील गाउँपालिकाको ५.३४, शिखर नगरपालिकाको ६.९२ बेरुजु रकम महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.