मन्त्री साउदलाई भारतीय विदेशमन्त्रीको बधाई
काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई उहाँका भारतीय समकक्षी एस जयशङ्करले बधाई दिनुभएको छ ।
विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिनुभएको हो । आइतबार नियुक्त भई पदभार सम्हाल्नुभएका साउदलाई विदेशमन्त्री शङ्करले बधाई दिँदै द्विपक्षीय बहुआयामिक साझेदारीलाई अझ बलियो बनाउन सँगै काम गर्न तत्पर रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले मन्त्री साउदलाई नयाँ भूमिकामा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्