एमाले अध्यक्षलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा ओली निवास जानुहुँदै

काठमाडौं- संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच विगत केहि दिनदेखि छलफल भइरहेको छ ।

यस बीचमा तीन दिनयता पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या हुँदा छलफल अवरुद्ध हुन पुगेको छ ।

आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्नुहुने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.