सत्ता साझेदार दलहरुको बैठक : संक्रमणकालीन न्याय टुंग्याउने बारे छलफल

काठमाडौँ- सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरुको आज बसेको बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा टीआरसी सम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयास स्वरुप छलफल अघि बढेको नेताहरुले जानकारी दिनुभएको छ ।

टीआरसी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाउनु भएको हो ।

यसअघि आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.