उपनिर्वाचनको मिति नजिकिदै जाँदा बढ्यो चुनावी सरगर्मी, प्रचार–प्रसारमा तीव्रता
चितवन- बढ्दो गर्मीसँगै चितवनको क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढेको छ । उपनिर्वाचनको मिति नजिकै जाँदा दलका उम्मेदवारहरु गर्मी प्रवाह नगरी घरदैलो, कोण सभा गरी मतदाताहरुको मन जित्ने प्रयासमा छन् ।
मसिर ४ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले करीब ४९ हजार मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले करीब १४-१४ हजार मत ल्याएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष समेत रहनुभएका लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरी दिएपछि अहिले लामिछाने पुन उपनिर्वाचनमा खडा हुनुभएको छ ।
उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेका साथै नेपाली काग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट राम प्रसाद न्यौपानेबीच प्रतिस्पर्धा रहेको छ ।
चितवनको क्षेत्र नम्बर २ मा पराकिलो मत अन्तरले जित्नुभएका लामिछाने अहिले पनि पहिलाको जस्तै मत ल्याउने कसरतमा रहनुभएको छ भने नेपाली काग्रेस र नेपापा एमालेका उम्मेदवार भने मत फर्काउने प्रयासमा रहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा रहेको चितवनको क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।
चुनाबको मिति नजिकिंदै जाँदा उम्मेदवारहरु आक्रमक रुपमा प्रचार प्रसारमा लागेका छन् । चितवन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । निर्वाचनमा १२ दल र १२ स्वतन्त्र समेत २४ जनाको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया राख्नुहोस्