प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सुचारु भएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मी पत्रकारलाई समाचार संकलन सहज र व्यवस्थित गर्न तयार भएको मिडिया सेन्टर मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शुरुवात गर्नुभयो ।
प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मिडिया सेन्टरमा रहेका संचारकर्मीसँग प्रत्यक्ष दोहोरो सम्वाद गर्नुभएको थियो ।
मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो सम्वादको व्यवस्था मिलाइएको छ भने संचार माध्यमका लागि भिडियो सामग्री तत्काल उपलब्ध हुने भएको छ। त्यसैगरि प्रधानमन्त्री निवास बालुवाटारमा पनि यस अघि नै संचारकर्मीको सुबिधाका लागि मिडिया सेन्टर सुचारु छ ।






प्रतिक्रिया राख्नुहोस्