गठबन्धन नारायणी नदी जस्तै हो, निरन्तर अघि बढिरहन्छ – प्रधानमन्त्री दाहाल

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँधी हुरी र बतास सँग डराउनु पर्ने अबस्था नभएको बताउनु भएको छ ।

यही बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको सन्दर्भमा चितवनको कालिका नगरपालिकाको पदमपुरमा भएको आम सभामा प्रधानमन्त्री प्रचण्डले स‌ंबिधान र लोकतन्त्रको रक्षाको लागि गठबन्धन भएकोले संबिधान र लोकतन्त्रलाई कमजोर बनाउनेहरुसँग नडराउनआग्रह गर्नु भयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंकित गर्दै खहरे खोला उर्लेर आउँछ र केही दिनमा नै खोला बगेको ठाउँमा कमिला हिड्छ भन्नु भयो ।

गठबन्धन नारायणी नदी जस्तो हो सँधै निरन्तर बगिरहन्छ र सागरमा गएर मिसिन्छ भन्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले तपाइँहरुले गठबन्धनका जितनारायण श्रेष्ठलाई जिताएर पठाउनुहोस् बाँकी काम आफूले गर्ने पनि बताउनुभयो ।

सोही अबसरमा नेपाली काँग्रेसका सभापति तथा पूर्व सभापति शेर बहादुर देउवाले  जितनारायणलाई जिताउनु आग्रह गर्नु भयो ।

सभापति देउवाले चितवनका वासिन्दाले भनेकै व्यक्तिलाई टिकट दिएको उल्लेख गर्नुहुँदै अब जिताउने काम चितवनकै मतदाताको भएको बताउनुभयो । सभापति देउवाले जितनारायण जिताए प्रधानमन्त्री सँग कुरा गरेर मन्त्रीको जिम्मेवारी दिने पनि बताउनु भयो ।

सोही अबसरमा नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.