नेपालगञ्जमा करिब पाँच किलो सुनका गरगहनासहित दुईजना पक्राउ

बाँके- नेपालगञ्जको न्युरोडबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४.९२७ किलोग्राम सुनका विभिन्न गहनासहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सुनका गहनासहित पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं ९ का रमेश सोनी र सोही ठाउँका प्रकाश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका सिक्री, चुरा, झुम्का, हार, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायतका सुनका गहना बरामद गरेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले पत्रकारमा जानकारी दिनुभयो ।

गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा बुधवार राति गहनासहित सोनी र ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट सुन कहाँबाट आएको र कहाँ लैजादै गरेको भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको सुनको जम्मा मुल्य ४ करोड ६९ लाख ५ हजार ७ सय ६३ रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.