गण्डकी प्रदेशमा एमालेको सरकार ढल्यो

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभा बैठकमा पेस गर्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । अधिकारीले उक्त प्रस्ताव आज बसेको प्रदेशसभा बैठकमा पेस गर्नुभएको थियो ।

६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक थियो । तर अधिकारीको पक्षमा २४ जना सांसदको मात्र मत प्राप्त भयो । यस्तै ३५ जना सांसदले विपक्षमा मत दिएपछि उहाँले विश्वासको मत गुमाउनु भएको छ ।

अधिकारीलाई एमालेको २२ र राप्रपाका २ सांसदले मत दिएका हुन् । माओवादीका ७, कांग्रेसका २७ र स्वतन्त्र सांसदले विपक्षमा मत दिएका थिए । मतदानमा ५९ जना सांसद उपस्थित भएका थिए ।

केन्द्रको समीकरण अकस्मात फेरिएपछि गण्डकीको मुख्यमन्त्री बन्नुभएका अधिकारी अल्पमतमा परेपछि स्वतः पदमुक्त हुनुभएको छ ।

चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिँदै सरकार समर्थन फिर्ता लिएका थिए । गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७, राप्रपाका २ र एकीकृत समाजवादीका एक सांसद छन्।

मुख्यमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा अब गठबन्धनको नेतृत्वमा सरकार बन्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.