तनहुँ मतगणना अपडेटः वाग्लेलाई दोब्बर मतको अग्रता कायमै
तनहुँ- तनहुँ क्षेत्र नम्बर १ मा हिजो भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ ।
शुरुदेखि नै अग्रता लिनुभएका वाग्लेले १० हजार २ सय ५९ मत प्राप्त गरी अग्रता लिनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ७ सय ९७ मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ । उपनिर्वाचनमा १ लाख २३ हजार ३०५ जना मतदाता भए पनि ६३ हजार ७५७ मत खसेको थियो ।
प्रतिक्रिया राख्नुहोस्