फ्लाई दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ जाँदैछ : मन्त्री किराँती

जहाज लखनउमा अवतरण गर्ने तयारी : सचिवालय

काठमाडौँ- काठमाडौँबाट दुबाईको लागि उडेको फ्लाइ दुबाईको जहाजमा प्राविधिक समस्या आएपनि उडान सुरक्षित रहेको  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

मन्त्री किराँतीले फ्लाई दुबाईको जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदै गरेको र कसैले पनि चिन्ता नगर्न अुनुरोध गर्नुभएको छ। उहाँले सबैलाई शुभयात्रासमेत भन्नुभएको छ ।

यसैबीच, मन्त्री किराँतीको सूचनाको आधारमा नेपालटिभीअनलाइनले जहाज कहाँ अवतरण गर्ने तयारी भइरहेको छ भन्ने जिज्ञासामा किराँतीका निजी सचिव कृष्ण भट्टराईले भारतको लखनउमा अवतरण गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.