कोरोना संक्रमणका कारण १ जनाको मृत्यु, ८२ संक्रमित

काठमाडौँ- कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
आज ४ सय ९४ पीसीआर र १ हजार १४० गरी कुल १ हजार ६३४ नमुना परीक्षण गरिएको थियो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ ।
देशभर आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना कोभिड संक्रमित उपचाररत छन् ।।






प्रतिक्रिया राख्नुहोस्