विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौः प्रमुख बालेन

काठमाडौं- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्न पाउनुपर्ने भन्दै ताला लगाउने दुष्प्रयास ताला फोरेर विफल पारिएको बताउनु भएको छ ।

आज बिहान सामाजिक संजालमा मेयर शाहले पोष्ट गर्नुभएको छ- ”विद्यालयपढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्नसक्दैनौ । त्यसमाथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो ।”

उक्त सन्देशमा थप लेखिएको छ- ”यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको छौ ।”

काठमाडौँ महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गर्न वर्जित गर्दै त्यसो गरेमा कारवाही गर्ने चेतावनी दिएको थियो ।

त्यस्तो सूचनाको विरोध गर्दै नेकपा ‍बहुमत निकट विद्यार्थी संगठनले हिजो बिहीवार महानगरको शिक्षा विभागमा ताला लगाएको थियो जुन गएराति नै फोडिएको महानगरपालिकाले जनाएको छ । मेयर शाहले सामाजिक सञ्जालमा सो सन्देशसँगै महानगरको नगरप्रहरीले ताला फोडेको भिडियो पनि पोष्ट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.