लामिछाने र वाग्लेको सपथ

काठमाडौं- यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले आज शपथग्रहण गर्नुभएको छ ।
चितवन-२ बाट निर्वाचित राष्ठ्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज शपथग्रहण गर्नुभएको हो ।
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनु भएको हो । उहाँहरुलाई सभामुख घिमिरेले सांसदको लोगो पनि वितरण गर्नुभएको छ ।
बारा–२ बाट निर्वाचित उपेन्द्र यादवको शपथग्रहण भने आज हुन सकेन ।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
साथै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति हुनुभएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त हुनुभएकाले उपनिर्वाचन गरिएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्