नवगठित सरकारकाे पहिलाे मन्त्रिपरिषद बैठक: सोमवार विश्वासको मत लिने निर्णय

दाङ-लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबादुर चौधरीले सोमवार विश्वासको मत लिनु हुने भएको छ । सरकारलाई छिटो पूर्णता दिनेगरी विश्वासको मत छिट्टै लिन लाग्नुभएको हो ।
शुक्रबार पद तथा गोपनियताको शपथ लिएलगत्तै देउखुरीमा पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद बैठकले सोमवार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो ।
सोमवार विश्वासको मत लिएपछि मंगलबारभित्र सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीको छ । यस्तै मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउने गरि कार्यक्रम निर्माण गर्ने निर्णय पनि गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्