बझाङको बुंगल नगरपालिकामा चट्याङ लागेर २८ बाख्रा मरे

बझाङ- बझाङमा हिजो चट्याङ लागेर २८ बाख्रा मरेका छन् । बिहीबार अपराह्न ४ बजेतीर जिल्लाको बुंगल नगरपालिका वडा नं १ गोइचनमा चट्याङ लागेर बाख्रा मरेका छन् । चट्याङले बुंगल नगरपालिका वडा वडा नं १ बस्ने बाख्रा पाललक मान बहादुर बोहराका २८ बाख्रा चट्याङमा परेर मरेका हुन् ।
बझाङ जिल्लाको बुगल नगरपालिकाको गोइचनको मराड भन्ने स्थानमा बाख्रा चराउन लगेका बेला परेको चट्याङ लागेर बोहराका २८ वटा बाख्रा मरेको स्थानिय राम बोहराले जानकारी दिनुभयो ।
बोहराको चट्याङबाट बाख्रा मरेर चार लाख रुपैयाँ भन्दा बढी क्षेति भएको छ । जंगलमा अचानक परेको चट्याङमा परी बाख्रा मरेपछि आज अस्थायी प्रहरी पोष्ट बिजगडाबाट प्रहरी घटनास्थल गएर मुचुल्का बनाएको प्रहरीले बताएको छ । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले मानविय क्षेती भने नभएको स्थानीयले बताएका छन् ।






प्रतिक्रिया राख्नुहोस्