अवरुद्ध पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी, वैकल्पिक मार्ग अपनाउन आग्रह

धादिङ- हिजोदेखी बन्द पृथ्वी राजमार्ग खुलाउनका लागी विहानदेखी तीब्र गतिमा काम भईरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगाएत स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा सडक भाँसिएको स्थानमा ग्याविन जालीमा ढुङ्गा भर्ने काम भई रहेको छ ।

ठेकेदार कम्पनीले काममा ढिलाई गरेका कारण सडक समयमै सुचारु गर्न नसकिएको हो ।
धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमाना रहेको गणेश खोला माथी बनेको पुलको एकापट्टीको भाग भासिएपछि हिजो मध्यान्नदेखी पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

सोही पुल भएको स्थानमा सडक फराकिलो बनाउने क्रममा नयाँ पुल निर्माण गर्न लागेको र हिजो सामान्य वर्षा भएपछि पुलको धुनीवेशी नगरपालिकास्थित धार्केतर्फको भागमा सडक भासिएको हो ।

जस्का कारण सो राजमार्ग भएर गुड्ने हजारौं सवारीका साधनहरु सडकमै रोकिएका छन् भने साना सवारीका साधनहरु भने घार्के हुँदै केवलपुरको बाटोबाट गल्छी निस्किएर आवतजावत गरिरहेका छन् ।

यसैगरी पूर्वबाट आउने सवारीका साधनहरुलाइ हेटौंडा हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ भने केही सवारीका साधनहरुलाइ बैकल्पिक सडकको रुपमा गल्छी, त्रिशुलि सडक हुँदै टोखा छहरे सडक प्रयोग गर्न आग्रह गरेको छ ।

साना सवारीका साधनहरु त्रिभुवन राजपथ हुँदै फोकटपुर सडकबाट धार्के निस्कने सडक पनी बैकल्पिक सडकको रुपमा प्रयोग गरिएको छ । सो सडक केही घण्टापछि भने एकातर्फी सुचारु गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.