मोटरसाईकलले ठक्कर दिएर बृद्धको मृत्यु भएपछि अरनिको राजमार्ग ठप्प

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ स्थित भैंसेपाटीमा मोटरसाईकलले ठक्कर दिएर एक जनाको मृत्यु भएपछि आक्रोसित स्थानीयकोले सडक अबरुद्ध गरेका छन् ।

राती करिब एक बजेतिर मलामी जाने क्रममा बनेपाबाट काठमाडौंतर्फँ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटर साईकलले ठक्कर दिएपछि घटनास्थलमै स्थानीय ६० बर्षिय बालकृष्ण बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ ।

अहिले विहान ४ बजेदेखि स्थानीयले दोषीलाई कार्वाहीको माग गर्दै सडक अवरुद्ध गरिरहेका छन् । सडक अवरुद्ध भएपछि अहिले साँगा बनेपा खण्डको अरनिको राजमार्ग ठप्प रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.