दार्चुलामा हिमपहिरो : पाँचजना वेपत्ता

दार्चुला- दार्चुलाको व्याँस गाउँपालिका–१ को भोलिङमा हिमपहिरो जाँदा पाँच जना वेपत्ता भएका छन् । यार्सागुम्बा टिप्न गएका १२ जनामध्ये पाँच जना हिमपहिरोमा परी बेपत्ता भएको छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मले जनाएको छ ।

यार्सा संकलक त्रिपाल टागेर बसेका बेला हिमपहिरो खसेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुका डिएसपी ईश्वरी दत्त भट्टका अनुसार त्यहाँ बसेका १२ जना यार्सा संकलकमध्ये सात जना सकुशल रहेका छन् ।

बेपत्ता हुनेहरुमा डोटीको बुडरका र दार्चुलाका गरी पाँच जना रहेको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरी खटिएको छ । सो क्षेत्रमा हिमपात भइरहेकाले बेपत्ताहरुको खोजीमा समस्या भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.