गुरुङ, बस्नेत र लिम्बू काँग्रेसका तर्फबाट मन्त्री नियुक्त, भोलि सपथ
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गर्नुभएको छ ।
उहाँहरु तीनै जना नेपाली काँग्रेसको तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।
तीन जनामध्ये स्वास्थ्यमन्त्री बस्नेत यसअघि पनि मन्त्री भइसक्नुभएको थियो भने काँग्रेस उपसभापति गुरुङ र नेता लिम्बू पहिलो पटक मन्त्री बन्नु भएको हो ।
गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नव नियुक्त मन्त्रीहरुले भोलि बिहीबार दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथ लिनुहुने कार्यक्रम छ ।।
प्रतिक्रिया राख्नुहोस्