नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइयो
काठमाडौँ- नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा उपस्थित गराइएको छ ।
हिजो साँझ बुटवलमा पक्राउ परेका उनलाई आज काठमाण्डौ ल्याएर अदालतमा उपस्थित गराइएको हो ।
पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई हिजै पक्राउ पुर्जी जारी भएको थियो ।
यो प्रकरणमा गत १२ चैतमा प्रहरीले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो ।
उनीहरुको बयानका आधारमा मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।
यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका राईले प्रहरीसँगको बयानमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्