सुख्खा पहिरो खस्दा तानसेन-बुटवल खण्ड अवरुद्ध

पाल्पा- सुख्खा पहिरोका कारण पाल्पा-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका ५ कालिमाटीमा धुले पहिरो खसेपछी बिहानैदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार अवरुद्ध सडक खुलाउन सडक डिभिजन पाल्पासँग समन्वय भएको छ । सडक अवरुद्ध हुदा लामो तथा छोटो दुरीका सवारी सडकमा अलपत्र परेका छ्न । पहिरो हटाएर बिहानदेखी रोकिएका सवारी पास गराउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.