पाकिस्तानको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमणः चार जना शिक्षकसहित सात जनाको मृत्यु

पाकिस्तानको उत्तर-पश्चिमी कुर्रम जिल्लाको एक विद्यालयमा केही शिक्षक सहित सात जनाको गोली हानी हत्या गरिएको छ । सरकारी माध्यामिक विद्यालय तरी मङ्गलको स्टाफ रूममा भएको घटनामा धेरै बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ ।

सोही जिल्लामा अघिल्लो दिन व्यक्तिलाई उनको कारमै गोली हानिएको थियो । विद्यालय गोलीकाण्डमा सोही समूहको संलग्नता रहेको आशंका प्रहरीले गरेको छ । अभियुक्तहरु फरार रहेका छन् । कुर्रम जिल्ला अफगानिस्तानको सिमाना जोडिएको ग्रामीण क्षेत्रको विद्यालय हो ।

विद्यालयमा के कारणले आक्रमण गरियो र कसले आक्रमण गर्‍यो भन्ने विषयमा स्पष्ट विवरणहरु अझै आएका छैनन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कारमा गोली हानिएका व्यक्ति आक्रमण गरिएको विद्यालयकै कर्मचारी भएको प्रहरीले जनाएको छ ।

घटनामा गोली लागेर मारिने सात जना मध्ये चार शिक्षक अन्य कर्मचारी रहेका छन् । घटनामा अन्य तीन जना घाइते भएका छन् । मृतकहरुको शव अहिलेसम्म फेला परेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.