घर निर्माणका क्रममा इलाममा चारजना भारतीय मजदुरको मृत्यु

इलाम- इलाममा घर निर्माण गर्ने क्रममा चारजना भारतीय मजदुरको मृत्यु भएको छ । जिल्लाको सूर्योदय नगरपालिका-१० फिक्कलका स्थानीय विनोद श्रेष्ठको घर निर्माण गर्ने क्रममा चारजना मजदुरको मृत्यु भएको हो ।

श्रेष्ठको घर निर्माण गर्दै गर्दा शुक्रबार साँझ माथिबाट झरेको सुक्खा पहिरोमा पुरिएर उनिहरुको मृत्यु भएको हो । आजैबाट निर्माण सुरु गरिएको घरको गजको प्लम हाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झरेर पुरिएका मजदुरको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको किसनगन्ज डिगल बैंकका तोसीब अलाम, अजि मोदिन, मुजाफर अलाम र अब्दुल अलाम रहेको पुष्टि भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घर निर्माणका ठेकेदार ममत अलाम सहित चारजना भागेर बाँच्न सफल भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.