पाल्पामा मोबाइल चार्ज गर्दा करेन्ट लाग्दा महिलाको मृत्यु

पाल्पा- पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो ।

शुक्रबार अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी गाहाको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.