मन्त्रिमण्डल विस्तार र हेरफेरः कांग्रेसका आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिनुभएको छ ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई भने अर्को मन्त्रालयको जिम्मा दिइने छ ।

नव नियुक्त मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ । आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.