पेरुको सुनखानीमा दशकयताकै गम्भीर आगलागी, २७ जनाको मृत्यु

पेरुको एक सुनखानीमा आगलागी भएपछि भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा दशककै सबैभन्दा ठूलो घटना भएको बताइएको छ ।

दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ । बाँकी अन्यलाई जीवितै उद्दार गर्न सम्भावना लगभग समाप्त भएको अधिकारीहरुले बताएका छन् । एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ ।

दुर्घटनाग्रस्त खानीको अध्ययनका लागि ३० जना विशेषज्ञ अधिकारीहरुलाई घटनास्थलतर्फ पठाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । खानी रहेको पहाडी क्षेत्रबाट आगो र धुँवाको मुस्लो निस्किएका दृश्यहरु सार्वजनिक भएका छन् ।

खानीमा आगलागी भएको समय कामदारहरू जमिनको सतहबाट करिब ८० देखि १०० मिटरको गहिराईमा काम गरिरहेको अनुमान गरिएको छ । खानी दुर्गम क्षेत्रमा रहेको र मानव बस्तीबाट निकै टाढा रहेकाले पनि तत्काल अग्नी नियन्त्रणको गर्न कठिन भएको थियो ।

दुर्घटना भएको खानी क्षेत्रबाट नजिकको प्रहरी चौकी पनि करिब डेढ घन्टाको दूरीमा रहेको छ । यस्तै खानी क्षेत्रबाट नजिकको शहर पुग्न पनि कयौं घन्टा लाग्ने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.