पाल्पामा एकैदिन दुई जनाको वेवाररिसे शव फेला
पाल्पा- पाल्पामा सोमबार मात्रै दुई जनाको वेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार जिल्लाको माथागढी र तिनाउ गाउँपालिकामा एक जनाको वेवारिसे शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारीका अनुसार तिनाउ गाउापालिका वडा नं. ३ को झुम्सास्थित फुलफुले वन र माथागढी गाउँपालिका वडा नं ५ को सामुदायिक वनमा चिलाउनेको रुखमा झुण्डिएको अवस्थामा वेवारिसे शव फेला परेको हो । माथागढीमा हेर्दा अन्दाजी ४० वर्षको साधुको भेषमा रहेको मानिसको शव भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै तिनाउँको झुम्सामा रहेको फुलफुले सामुदायिक वनमा अन्दाजी २०।२५ वर्षको युवाको शव झुण्डीएको अवस्थामा फेला परेको प्रहरी प्रवक्त थापाले बताउनुभयो । दुवै शवहरु सडेगलेको अवस्थामा रहेको र पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा लगिएको छ ।
दुवै घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । फेला परेको शवको पहिचान खुल्न सकेको छैन भने पहिचानको लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्