यौन दूर्व्यवहार मुद्दामा पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर, करिब ६५ करोड क्षतिपूर्ति तिर्न आदेश

अमेरिका न्युयोर्कको सिभिल अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको पुष्टी गरेको छ । छ जना पुरुष र तीन जना महिलाको निर्णायक मण्डलले एउटा सिभिल मुद्दामा करीब तीन घण्टाको छलफलपछि आफ्नो निर्णयमा पुगेको हो ।

निर्णायक मण्डलले सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा यौन दूर्व्यवहार गरेको भनी पुष्टी गरेको छ । एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्‍याएको छैन ।

निर्णायक मण्डलले करिब ६५ करोड क्षतिपुर्ति तिर्न ट्रम्पलाई आदेश समेत दिएको छ । यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो । फैसलापछि क्यारोलले यो जित दुःख भोग्ने हरेक महिलाको लागि भएको बताएकी छिन् ।

मुद्दा फौजदारीको सट्टा सिभिल कोर्टमा भएको हुनाले ट्रम्पले यौन अपराधीको रूपमा दर्ता गर्न आवश्यक नपर्ने बीबीसीले उल्लेख गरेको छ । क्यारोलको आरोप अस्वीकार गर्दै आउनुभएका पूर्व राष्ट्रपति ट्रम्प म्यानहट्टन संघीय अदालतमा दुई हप्ताको सिभिल ट्रायलमा उपस्थित भएका थिएनन् ।

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.