वनमा लागेको आगो निभाउने क्रममा ९ जना घाइते, ५ जनाको अवस्था गम्भीर

दैलेख-  दैलेखको आठविस नगरपालिका वडा नं. ६ मा पर्ने माल्या जङ्गलमा आगलागीमा परी ९ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते ४ जनालाई हेलिकप्टरमार्फत कोहलपुरमा थप उपचारका लागि लगिएको छ ।

घाइते हुनेहरूमा आठविस नगरपालिका- ६ का भैरे वि.क., प्रज वि.क., नवीन वि.क., नैना विकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिएका छन् ।

यसैगरी, वसुन्धरा विकलाई समेत हेलिकप्टर मार्फत उद्धार कार्यको तयारी भएको लम्सालले बताए ।

अन्य घाइतेहरू मध्ये छत्रा बि.क., जौकला बि.क., मौती र मीन विकलाई स्थानीय राकम अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो निर्माण गएका र वनमा आगो लागेपछि निभाउने प्रयास गर्दा उनीहरू घाइते भएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

घटनाको थप विवरण सङ्कलन गर्ने काम प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.