कोरोना सङ्क्रमण घट्यो
काठमाडौैः कोरोना भाइरसको सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था घट्दो रहेको बताउनुभयो । “भारतमा पनि सङ्क्रमण घट्न थाल्यो । नेपालमा खोपको प्रभाव देखियो”, उहाँले भन्नुभयो, “समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण सर्न पाएन ।
त्यसैले सङ्क्रमण घटिरहेको छ ।” सङ्क्रमण बाहिरबाट आउने र यहाँ भएका सङ्क्रमितमध्ये सरेर सङ्क्रमण बढ्ने गर्दछ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइन्छ । यही वैशाख २१ गते ४३ जना, २२ गते १७ जना, २३ गते ७६ जना, २४ गते ३२ जना, २५ गते ५७ जना र २६ गते ५१ जनामा सङ्क्रमण देखिएको थियो ।
अहिलेसम्म एक सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १४ जना आइसोलेशन, पाँच जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेपछि सङ्क्रमण बढेको थियो ।
प्रतिक्रिया राख्नुहोस्