स्थानीयद्वारा गल्छी-मैलुङ सडक अबरुद्धः बन्दकर्ताद्वारा गाडीमा आगजनी

धादिङ- धादिङको गल्छिमा गएराती एक यूवाको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । गल्छी-८ निवुवास्थित एक होटलमा सामान्य विवाद हुँदा स्थानीय निरज पण्डितले खुकुरी प्रहार गरी विनोद थापा मगर गम्भिर घाईते भएपछि उपचारका लागी काडमाण्डौ लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पण्डितलगायत अन्य केहिलाई पक्राउ गरिसकेको भएपनि स्थानीयले घटनाको विरोधमा गल्छी-मैलुङ सडक बन्द गराएका छन् । बन्दकर्ताले एउटा गाडीमा आगजनी समेत गरेका छन् । वन्द सडक खुलाउन प्रयास भईरहेको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.