श्रद्धाञ्जली अर्पण गर्न मुकेशको शव बनेपा नगरपालिकामा

काभ्रे-  ‘जिउँदो सहिद’ मुकेश कायस्थको शव श्रद्धाञ्जली अर्पणका लागि बनेपा नगरपालिकामा राखिएको छ ।

स्वास्थ्य मन्त्री मोहान बहादुर बस्नेत, पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसद कञ्चन चन्द्र बादे लगायतले श्रद्धाञ्जली अपर्ण गरेका छन् ।

त्यस्तै, अन्तिम श्रद्धाञ्जीको लागि सरकारकोतर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले आउ“दै गरेको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले बताए ।

श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शव आज बिहान ११ : ३० बजेदेखि दिउँसो २ बजेसम्म बनेपा नगरपालिकामा राखिने मुकेश कायस्थ फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

उनका अनुसार, दिउँसो २ बजेपछि मुकेशको शव नगर परिक्रमा गरी आजै अन्त्यष्टि गरिनेछ । बनेपा नगरपालिका वडा नं ७ स्थित उग्रतिर्थ घाटमा मुकेश अन्त्यष्टि गरिने अध्यक्ष नेपालले बताए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.