सप्तरीमा युवकको हत्या, शंकास्पद तीन पक्राउ

सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।

रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्वर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।

तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिनुभयो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।

अहिले प्रारम्भिक अनुसन्धान भइरहेकोले पछि मात्र हत्याको प्रकृति र कारण खुल्ने उहाँको भनाइ छ । यसैबीच, प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.