चित्तौन कचेहेरी : पीडा र व्यथाहरु कहने साझा थलो

चितवन- जातीय, क्षेत्रीय, लैंगिक आदि हिसाबले किनारा परेकाहरुको  मुद्दा उठान गर्ने उद्देश्यले चितवनको
नारायणगढमा चित्तौन कचेहेरी संचालन भएको छ ।

आजसम्म चलेको यो कचेहेरीमा बस्ती बिकासको क्रममा थारु, बोटे, माझी र मुशहर जस्ता आदिवासी कता कसरी छुटे, जातएय विभेदले दलित समुदायको अबस्था र जलबायु संकट एवं  एआई जस्ता प्रबिधिको बिकासले नयाँ पुस्ताको भविष्यबारे बिषय बिज्ञहरु एवं सरोकारवालाहरुबीच मन्थन भएको थियो ।

बैकल्पिक बिचार उत्सबको रुपमा आयोजना गरिएको उक्त कचेहेरीमा बिषय बिज्ञहरु बिच छलफलहरु बाहेक राष्ट्रिय निकुञ्व वरपर बसोबास गर्ने र निरन्तर राज्य र जंगली जनावरको दोहोरो मारमा परिरहेका ब्यक्तिहरुको अनुभब सुन्ने सत्र हुनुका साथै नेपालका किनाराकृत समुदायबाट ज्यानै होमेर वाताबरण रक्षाका लागि लड्नेहरुको आवाज पनि उत्सवमा समेटिएको थियो।

कार्यक्रममा भूमि र नदीको पर्यावरण र बिनास बारे पनि बिशेष सत्रहरु भएका थिए ।

कार्यक्रम नारायणी कला मन्दिर, मन्थन बेटर चितवन, डबली दलित युवा जागरण मञ्च र युथ पोलिटिकल फोरम चितवनको आयोजनामा भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.