नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले) का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले उहाँलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट आजसाँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ ।” उहाँविरुद्ध जिल्ला अदालत काठमाडौँले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएदेखि नै उहाँ फरार रहेको प्रहरीले जनाएको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.