बाढीले बगाएर ल्याएको लेदोले एक घर र चारवटा गाडी पुरिए (तस्वीरहरु)

काभ्रे- जिल्लाको रोशी गाउँपालिका वडा नं ९ चिउरीखोलामा बाढीले बगाएर ल्याएको लेदोले एक घर पुरिएको छ भने सोही बाढीले बगाएर ल्याएको लेदोले ४ वटा गाडी पुरिएको छ ।

बाढीले बगाएर ल्याएको लेदोले रोशी गाउँपालिका वडा नं ९ का क्षेत्र बहादुर तामाङको घर पुरिएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । कार्यालयका अनुसार, आइतबार साँझ ९ बजेको समयमा बाढीले बगाएर ल्याएको लेदोले घर पुरिंदा कुनै मानवीय क्षति भने भएको छैन । घरमा भएका दुई वटा खसी, तीनवटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको छ ।

सोही बाढीले बगाएर ल्याएको लेदोले चारवटा गाडी पुरिएको थियो । लेदोले पुरिएको दुईवटा हायस र दुईवटा जिपमा पनि कुनै मानविय क्षति भएको छैन ।

लेदोले पुरिएका चारवटा गाडीमध्ये एउटा मात्रै निकालिएको र बाँकी तीन वटा गाडी निकाल्ने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ । बाढीले बगाएर ल्याएको लेदोले अबरुद्ध भएको बि.पी राजमार्ग एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.