प्रमसँग अष्ट्रेलियाका सहायक विदेश मन्त्रीको भेट
![](https://nepaltvonline.com/wp-content/uploads/2023/05/PradeeprajOnta_KTM_RSS_066A75401-scaled.jpg)
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकास र समृद्धिमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गर्नुभयो ।
त्यस अवसरमा उहाँले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भयो ।
मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलिया सरकार र जनताको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्